महोदरी शक्तिपीठको ध्यान महोत्तरीको ज्ञान

राकेशप्रसाद चौधरी

दशैंको आगमनसँगै महोत्तरी जिल्लाको सिद्ध शक्तिपीठ, भगवती मन्दिर एवं पंडालमा बनाइएको माताका प्रतिमाहरुको पुजापाठ शुरु भएको छ । विहानैदेखि यस क्षेत्रमा भीडभाड देखिने गरिएको छ । दशैंको समयमा खोलिने जलेश्वरनाथ महालिङ्ग मन्दिर परिसरको त्रिशुली देवीको पुजापाठ गर्नेहरुको संख्या दिनानुदिन बढोत्तरी भइरहेको छ ।

त्रिशुली देवीको नवनिर्मित मन्दिरमा अझैसम्म प्राण प्रतिष्ठा हुन नसकेकोले बैकल्पिक स्थानमा त्रिशुलको पुजा हुने गरेको छ । अनादीकालिन त्रिशुलको पुजा गर्ने भएकोले यसलाई त्रिशुली देवी भन्ने गरिन्छ ।

यस्तै जलेश्वर महालिङ्ग मन्दिर परिसरमै रहेको महोदर शक्तिपीठमा दर्शनार्थीको भीडभाड देखिने गरिन्छ । यस्तै शक्तिपीठको नामबाट महोत्तरी भएको बताउने गरिन्छ ।

शिवपुराणमा उल्लेख भए अनुसार राजा दक्ष प्रजापति कहाँ यज्ञसभा भएको थियो । यस सभामा सतीले आफ्नो पति शिवजीको उपेक्षा देखेर आत्मदाह गरिन् । घटनाको सूचना पाएलगत्तै शिवजीको गणहरुले यज्ञ विह्वंश गरिदिए । त्यसैबेला शिवजी रिसले त्रिशुल उठाउँदै राजा दक्षको टाउँको शरीरबाट लगत पारेका थिए ।

सतीको वियोगमा शिवजी व्याकुल हुँदै यताउती दौडिन थाले । शव काँधमा राखेर व्याकुल भइ भौतारिन थाले । शवलाई कैलास तर्फ लग्न सकिरहेका थिएन । यस अवस्थाबाट सारा ब्रह्माण्ड थर थर काम्न थालेको थियो । यो अवस्था देखेर सम्पूर्ण देवगण डराएर भगवान विष्णु कहाँ पुगे । देवगणको आग्रहमा भगवान विष्णुले आफ्नो सुदर्शन चक्रलाई शतीको शव क्षिन्नभिन्न गर्न आदेश दिए । त्यस्तो नगरिदिएको भए सारा ब्रम्हण्ड नै नष्ट हुने निश्चित प्रायः थियो । सुदर्शनले सतीको शरीरलाई ५१ टुक्रा गरिदिए । ती शरीरको भागहरु खसेको स्थानहरु शक्तिपीठ अथवा सिद्धपीठको रुपमा परिचित छ ।

सत्युगमै राजा दक्षको शरीरमा बोकाको टाउँको जोडिएको थियो । यसलाई पहिलो मानवअंग प्रत्योपणको रुपमा लिने गरिन्छ । तथापि यसमा अनुसन्धानको कमी छ । तन्त्र चडामणिमा वर्णन गरिए अनुसार सबैभन्दा पहिले हृदय भाग बैधनाथ धाममा झ¥यो । त्यस शक्तिपीठको नाम जयदुर्गा हो । त्यसपछि क्रमशः दाया पाखुरा महोदर(महोत्तरी)धाममा झरेको थियो । जसको उमा शक्तिपीठ हो । कपाली धाममा दुबै जाँघ झरेकोले गुह्ेश्वरी नाम पर्न गएको हो । यो काठमाण्डौ क्षेत्रमा छ । चक्तपाणिमा गण्डस्थल झरेकोले गण्डकी देवीको नामले प्रसिद्ध छ । यो मुक्तिनाथ क्षेत्रमा पर्दछ । शतीको दोस्रोदेखि चौथो अंग खसेको ठाउँ हाल नेपालमा पर्दछ ।

त्यस्तै दुर्गादेवीको ६४ अवतार वा रौद्र योगिनीबारे मार्कण्डेय,श्रीमद देवी भागवत र कालिका पुराणमा यस क्षेत्रमा उग्रा देवीको अवतार भएको वर्णन गरेको पाइन्छ । श्रीमद देवी भागवत,मस्त्य,पद्म,शिव तथा ब्रह पुराणमा वर्णन गरिएको देवीको १०८ नाममध्ये २१ औं नम्बरमा महालिङ्ग(जलेश्वर) शक्तिपीठ वर्णन गरेको पाइन्छ । जहाँ निवास गर्ने देवीको नाम कपिला हो ।

सत्युगमा महोदर(महोत्तरी)को क्षेत्र पूर्वमा कामाख्या, पश्चिममा गण्डकी, उत्तरमा पर्वत श्रृखला तथा दक्षिणमा गंगासम्म रहेको पाइन्छ । दुर्गा सत्तशतीमा उल्लेख भए अनुसार १०८ नाममध्ये ८५ औं स्थानमा महोदरी(महोत्तरी)छ । जलेश्वरमा रहेको महोदरी शक्तिपीठको दर्शन एवं शक्ति पुजाका लागि प्राचिनकालमा भृगु,साण्डलिय,बिश्वामित्र,माण्डव,सुखदेव,याज्ञबल्क्यसहितका ऋषिमुनिले यस क्षेत्रलाई यज्ञित भूमिमा परिणत गरेका थिए । जसको प्रमाण यस क्षेत्रमा हेर्न सकिने अवस्था छ । लक्ष्मी भवानीको विभिन्न नाममध्ये एउटा नाम महोदरी पनि हो । समुद्र मन्थनबाट निस्केको १४ रत्नमध्येकी एक लक्ष्मीलाई भगवान बिष्णुले प्राप्त गरेका थिए ।

पाल्पाबाट सेनवंशी राजाले राज्य बिस्तार गर्दा महोत्तरीलाई एउटा प्रान्त बनाएका थिए । जसको सिमाना पूर्वमा कोशी,पश्चिमा गण्डकी,उत्तरमा पर्वत तथा दक्षिणमा गंगालाई तोकेको थियो । पुराना दस्तावेजहरुमा महोत्तरीको महोदर, महोदरी ,मोहतरी, मोहत्तरी, महुतरी तथा महुत्तरी रहेको पाइन्छ । महोत्तरीको नामाकरण इतिहाससँग जोडिएको यो शक्तिपीठ जलेश्वर नाथ मन्दिर परिसरको पूर्वमुखी मध्य उत्तर तर्फ रहेको छ । सानो मन्दिर रहेकोले धेरैको ध्यान यसतर्फ आकृष्ट नभएको हुन सक्छ ।

तर हाल यस मन्दिरलाई केही बिशाल बनाइएको छ । केही कामहरु हुन बाँकि नै छ । महोदरी उमाबाहु शक्तिपीठ अहिले अस्तित्वको पर्खाइमा छ । दुर्गा पुजाको समयमा यस शक्तिपीठमा मन्त्रोचारण गर्दा यस शक्तिपीठको उर्जा जागृत भए यस क्षेत्रको भलाई हुने निश्चित छ । त्यसैले पनि यस शक्तिपीठलाई उर्जावान बनाउन जरुरी छ ।

यस शक्तिपीठको बारेमा जनमानसमा जानकारी पु¥याउनुपर्ने देखिन्छ । त्यस्तै मन्दिरको आधुनिकरण त्यतिकै आवश्यक छ । शक्तिपीठमा अहिले चाँदीको घेरा बनाएर राखिएको छ । हाल महोत्तरीको पूर्वमा धनुषा र भारतको केही भाग, पश्चिममा सर्लाही, उत्तरमा सिन्धुली तथा दक्षिणमा भारतको भाग पर्दछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com