कैलालीबाट कांग्रेसका उम्मेदवारहरु सिफारिस

धनगढी, १९ असोज । नेपाली कांग्रेस कैलालीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २४३ उम्मेदवारको नाम सिफारिस गरेको छ । कांग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको हो ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएकाहरुको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी डा. आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com