रौतहटमा कांग्रेस र लोकतान्त्रिक फोरमबीच झडप, लोकतान्त्रिक फोरमका ३५ जना घाइते

राकेश यादव, रौतहट, २२ असोज । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नम्बर ५ जोकहामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले गरेको फठा प्रहारबाट नेपाल लोकतान्त्रिक फोरमका ३५ जना कार्यकर्ताहरु घाइते भएका छन् ।

नगर कार्यपालिकाको निर्वाचनमा विजयी भएका कांग्रेस कार्यकर्ताहरुले साँझको समयमा ट्रेक्टरमा बासको फठ्ठा लिएर जुलुस गाउँमा लिएर गरेको र घर दरवाजामा बसेका महिलाहरु माथि अन्धाधुन्ध प्रहार गरेको नगरपालिका प्रमुख सन्तोष मेहताले बताएका छन् ।

गाउँमा फोरमका पुरुष कार्यकर्ता कोही नभएको मौका छोपेर कांग्रेस कार्यकर्ताहरुले प्रहार गरेको मेहताले बताएका छन् ।

लाठी प्रहारवाट घाइते भएका मध्ये स्थानीय ७ वर्षीय बालिका आएसा खातूनलाइ अस्पतालमा रेफर गरिएको छ ।

बालिकाको टाउकोमा गम्भीर चोट लागेको कारण रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

कांग्रेस कार्यकर्ताको आक्रमणमा परी घाइते भएका महिलाहरुलाई जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com