महोत्तरी क्षेत्र नं. ३ बाट केन्द्रीय संसदको उम्मेदवारका लागि राजपाकी वरिष्ठ उपाध्यक्ष तिवारी सिफारिस

काठमाडौं, २३ असोज । राष्ट्रिय जनता पार्टी नेपाल महोत्तरीले क्षेत्र नं. ३ बाट केन्द्रीय संसदको प्रत्यक्ष उम्मेदवारको रुपमा वरिष्ठ उपाध्यक्ष रानी शर्मा तिवारीसहित छ जनाको नाम सिफारिस गरेको छ ।

राजपा नेपाल महोत्तरीको अध्यक्षमण्डलीय बैठकले महोत्तरी क्षेत्र नं. ३ बाट राजपाका अध्यक्षमण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरको मनोनयन दर्ता नभएको खण्डमा वैकल्पिक उम्मेदवारको रुपमा प्रत्यक्षतर्फ रानी शर्मा तिवारी, सुनिल रोहित, इन्द्रराज प्रसाद सिंह, वृषेश चन्द्र लाल, सुरिता र चन्द्रेश्वर झाको नाम सिफारिस गरेको छ ।

जसमा वृषेश चन्द्र लालको सम्बन्धमा उनी अन्य जिल्लावासी भएकोले उनको मनोनयन हुनु हुँदैन भन्ने अध्यक्षमण्डलले ठहर गरेको छ ।

यस्तै, महोत्तरी क्षेत्र नं. ३ बाट केन्द्रीय संसदको समानुपातिक उम्मेदवारका लागि रमन कुमार पाण्डेय, रामप्रिया मिश्र र रामनरेश ठाकुरको सिफारिस गरेको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com