जिशिका सप्तरीद्वारा २६ करोड ५९ लाखको कार्यक्रम प्रस्तुत

चन्दनकुमार यादव, राजविराज, २४ असोज । नेपाल शिक्षक महासंघका सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले बालबच्चाको भविष्यमाथि खेलवाड गर्ने गुणस्तरीय शिक्षा दिन नसक्ने गलत गर्ने शिक्षकलाई कारबाही गरिने चेतावनी दिएको छ ।

जिल्ला शिक्षा कार्यलय सप्तरीद्धारा मंगलबार आयोजित आ.व २०७४÷७५को वार्षिक अभिमुखीकरण कार्यक्रम सो कुरा बताएको हो ।

शिक्षाको समुनतिको सवालमा अब सिंहदरवारको अधिकार गाउँमै आउनु भएकोले शिक्षाको गुणस्तरीय सवालमा स्थानीय जनप्रतिनिधिको शैक्षिक सवालमा ठोस धारण आउनु पर्ने केअ माबि प्रअ समेत रहेका मण्डल बताए ।

शिक्षाका समुनति विकास लागी अब स्थानीय तहमै अधिकारी दिएकोले अबको गुणस्तरीय शिक्षामा सबै एकजुट भएर शैक्षिक विकासतर्फ लाग्नुपर्ने सुझाव दिएका छन् ।

अभिमुखकिरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारीले आ.व २०७४/०७५ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

जिल्ला शिक्षा कार्यलय सप्तरीको आयोजनामा जिल्ला शिक्षा कार्यलयले यस वर्ष २६ करोड ६९ लाख ९९ हजारको निति तथा कार्यक्रम गर्ने सार्वजनिक गरेका थिए ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे बिद्यालय भौतिक पुर्वाधार निमार्णमा १३ करोड खर्च गरिने कार्ययोजना बनाएको बताए । उनले भने आबश्यक भएको बिद्यालयमा मात्र भौतिक पुर्वाधार निमार्णका निकासा दिने बताए ।

प्रस्तुत प्रतिबेदनमा बिद्यार्थी भर्ना अभियान कार्यक्रमको यस वर्ष ७५ हजार छुटयाईएको छ,गत वर्षमा भर्ना गराउने बिद्यार्थीहरु भर्नामा मात्र सिमित हुन तर बिद्यालय नपठाउने नगरेकोले यसलाई प्रभावकारीको बनाउन शिक्षकहरुलाई सक्रिय बनाउने बताए ।

त्यस्तै जिल्लाको लक्षति समुहका बालबालिकाहरुका लागि दिवा खाजा उपलब्ध गराउन बिद्यालयहरुलाई अनुदानको लागी ४ करोड २६ लाख ८७ हजार रकम निकासा गरिने जिशिअ पाण्डे बताए ।

उनले भने बिद्यालयको भौतिक पुर्वाधार निमार्ण अन्तर्गत ४ कोठे भवन सहित फर्निचर निमार्ण,२३ वटा २ कोठे भवन, ५० वटा बिद्यालयको मर्मत सम्भार गरिने छ भने, १५ वटा बिद्यालयमा वास सहित शौचालय निमार्ण गरिने छ,

बिद्यालयमा शौचालय निमार्णमा गर्दा शिक्षक र छात्रछात्राले प्रयोग गर्ने चर्पिमा एकरुपता नभएकोले सबैको प्रयोग हुने तिर चर्पि निमाणर््ा गर्दा एकै ठाँउ राखी बनाउन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ ।

प्रस्तुत कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्नका लागी आईसिटी माध्यमवाट शिक्षण सिकाईका लागी कम्पयुटर ईक्युपमेन्ट तथा किट खरिद अनुदानमा १ करोड ६२ लाख ५० हजार छुटयाईएको जिशिअ पाण्डे जानकारी गराएको छ ।

यसैगरी नमुना बिद्यालयका लागी न्युननतम सुबिधा लगायत गुणस्तर सुधार तथा ब्यवस्थापन लागी अनुदान तर्फ ६ वटा क्षेत्रका लागी ९० लाख छुटयाईएको छ । त्यस्तै शहिद छोरछोरीको छात्रबृतिको लागी १ लाख २० हजार राखीएको छ ।

यसैगरी रामनारायण मिश्र बिशेष छात्रबृति (तराई मधेशका दलित तथा पिछडा वर्गका ) कक्षा ११र १२ का छात्रछात्राका लागी ५० लाख ९१ हजार बजेट छुटयाईएको बिद्यालय निरिक्षक देवशंकर यादबले बताए ।

त्यस्तै आपांग छात्रबृति,बिपन्न छात्रबृति,सामुदायीक अध्ययन केज्न्द्रको संचालन अनुदान,बिद्यालय भौतिक सुबिधा निमार्ण प्रयोजनार्थ प्राबिधिक सहयोग तथा सहजीकरण लागी ब्यवस्थापन खर्च, प्रस्तावका आधारमा सामुदायीक अध्ययन केन्द्र मार्फत बिद्यालय बाहिरका वालवालिकाहरुलाई सिकाई क्रियाकलाप संचालन लगायतका ५९ वटा क्रियाकलापका लागी शिक्षा कार्यलयले कार्यक्रम गर्ने जिशिअ डोलराज पाण्डेले बताए ।

सोही कार्यक्रममा सप्तरीमा स्थानिय तहको शैक्षिक कार्यक्रमको क्रियाकलाप समेत अभिमुखकिरणमा सार्वजनीक गरेको छ ।

प्रत्येक तहमा १ ओटा सामुदायीक सिकाई केन्द्रलाई आईसिटी पुर्वाधार सहितको शैक्षिक सुचना केन्द्रको रुपमा बिकास गर्ने,आधारभुत तहमा स्वीकृत दरवन्दीका शिक्षकका लागी तलव भत्ता अनुदान,आधारभुत तहका राहत अनुदान कोटाका शिक्षकका तलव भता अनुदन दिनेछ ।

त्यस्तै स्थानियमा गरिने क्रियाकलापमा प्रति बिद्यार्थी ईकाई लागतका आधारमा प्रारम्भीक बाल बिकास लागी अनुदान,कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरुका पाठपुस्तक अनुदान,सामुदायीक बिद्यालयमा आधारभुत तथा माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुका लागी गैर आवसीय छात्रबृति(दलित,छात्राको लागी लगायत १६ वटा कार्यक्रम स्थानिय तहमा गरिने जिशिअ पाण्डे जानकारी गराएको छ ।

सो अवसरमा गत आ.व २०७३/०७४ को शिक्षा कार्यलय सप्तरीले प्राप्त गरेको कार्यक्रमहरुको प्रगति बिवरण समेत प्रस्तुत गरिएको थियो ।

गत वर्ष कार्यक्रमले ८७.४५ प्रतिशत प्रगती गरेको प्रतिबेदन प्रस्तुतगरिएको थियो । कुल रकम १ अरव ५२ करोड ६४ लाख ९३ हजार २सय ९० रुपैया मध्ये १ अरव ३३ करोड ४८ लाख ४४ हजार ९ सय १७ रुपैया रकम खर्च भएको थियो ।

बिद्यालय क्षेत्र बिकास कार्यक्रम,अनौपचारिक शिक्षा तथा निरन्तर शिकाई, सकैका लागी अधारभुत शिक्षा अभारभुत तह, माध्यमिक तह जस्ता क्रियाकलापहरु सम्पन्न गरेको थियो ।

सो अभिमुखीकरण कार्यक्रममा शिक्षक महासँघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डल,नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा, उपाध्यक्ष सुधा देव,बिद्यालय निरक्षिक देवशंकर यादब, दिप नारायण यादब, श्रोत ब्यतmी छत्र नारायण दास,राजेन्द्र यादब,प्रअ देव कुमार यादब, श्याम नारायण यादब,राघवेन्द्र यादब,लगायतको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com