ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

राकेश यादव, रौतहट, २४ असोज । रौतहट जिल्लाको फतुआ विजयपुर नगरपालिका वार्ड नम्बर १ स्थित गम्हरिया गाउँ नजिक रहेको लाल बकैया नदीको किनारमा माटो खन्न गएकी एक बालिकाको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

ढिस्कोमा पुरिएर स्थानीय मौलपुर नगरपालिका १ मर्यादपुर निवासी गौरीशंकर महतोको १४ वर्षीया छोरी गुडी कुमारी महतोको मृत्यु भएको हो ।

माटो लिन गएकी बालिका बसेर माटो खनिरहेको बेला ढिस्को खस्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com