भ्रामक समाचारप्रति कांग्रेस कपिलवस्तुको ध्यानार्कषण

कपिलवस्तु, २५ असोज । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि जिल्लाबाट कांग्रेसका उम्मेद्वार प्रतिनिधिहरुको नाम सिफारिसमा अनेक मनमानी र विना आधार विभिन्न नेताहरुको नाम विभिन्न संचार माध्यममा प्रकाशन प्रशारण गरेकोमा नेपाली कांग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सांसद तथा कांग्रेस कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्यले कपोकल्पित र स्रोत विना समाचार प्रसारण र प्रकाशन गरी पत्रकारहरुले पार्टीमा अनावश्यक हल्ला खल्ला तथा अनावश्यक प्रचार गरेको आरोप लगाएका छन् ।

पार्टीले प्रतिनिधी सभा तथा प्रदेश सभाको लागी उमेद्धारको नाम सिफारिस गर्नको लागी छलफल तथा गृहकार्य गरिरहेको तर हालसम्म कसैको नाम सिफारिस नगरेको हुंदा अनावश्यक रुपमा विभिन्न नेताहरुको नाम सिफारिस भयो भनेर हल्ला खल्ला गरेको मा एक प्रेस विज्ञप्ती जारी खेद व्याक्त गरेका छन् ।

पत्रकर तथा संचार माध्यम विश्वासनिय रुपमा आधिकारीक र तथ्य सहितको समाचार दिनु पर्नेमा मनगडन्ते र पार्टीको स्रोत नखुलाई समाचार दिनु आफैमा राम्रो कार्य नभएको आर्चायले जनाएका छन् । आफुले कुनै संचार माध्ययम र पत्रकारलाई उमेद्धार सिफारिसको जानकारी नदिएको तर समाचारमा पार्टी सभापतिले वताए भनेर समाचार आउदा आफै नै चकित परेको आर्चायले बताए । तर्सथ सत्य तथ्य तथा वास्तविक आधार र स्रोत खुलाई समाचार प्रकाशन प्रशारण गर्न समेत कागे्रस कपिलवस्तुले पत्रकार तथा संचार माभ्यमलाई आग्रह समेत गरेको छ ।

वदलिदो राजनैतिक परिर्वन संगै उमेद्धार छान्न तथा विभिन्न साना दलहरु संग केन्द्रिय समिति र जिल्ला समितिको छलफल भइरहेको हुंदा केही दिनमै सिफारिस हुने उमेद्धारको जानकारी दिने समेत सभापति आर्चायले जनाएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com