एन्टा मध्यपश्चिम चेप्टर गठन

काठमाडौं, २५ असोज । युएसएको मध्यपश्चिममा बस्ने मधेशीहरु तथा तिनका परिवार र नातागोताहरुले दशैंको अवधिमा भेला भएर श्रवणकुमार झाको नेतृत्वमा एन्टा मध्यपश्चिम चेप्टरको गठन गरेको छ ।

सो चेप्टरको उपाध्यक्षमा डा.अमितकुमार चौधरी, सचिवमा अमित रञ्जन तथा कोषाध्यक्षमा अनामिका झालाई चयन गरिएको एन्टाका संयुक्त सचिव तथा मिडिया कोर्डिनेटर डा.जितेन्द्र ठाकुरले जानकारी दिए ।

त्यसैगरी, सदस्यहरुमा इन्दिरा कर्ण, दिपक यादव, ईश्वर चौधरी, सौरभ कुशवाहा, नविन चौधरी, शिवम आशिर्वादम रहेका छन् भने समितिको सल्लाहकारमा धिरज चौधरी, अरविन्द कर्ण, देव नारायण यादव र ललित झा रहेको ठाकुरले इमेल मार्फत जानकारी गराएका छन् ।

सो अवसरमा एन्टाको तर्फबाट डा.ठाकुरले सबै नेपालीमा दशै, तिहार र छठको शुभकामना दिनुका साथसाथै नवगठित समितिलाई आफ्नो उद्देश्यमा सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com