एमालेका वडाध्यक्षका उम्मेदवार फोरम नेपालमा

वीरगन्ज, २५ असोज । एमाले पार्टी सिद्धान्तभन्दा पनि सत्तालोलुप्तामा लागेको आरोप लगाउँदै एमालेका वडा अध्यक्ष उम्मेदवार पार्टी परित्याग गरेका छन् । एमालेको मधेश विरोधी नीतिको कारण हालै सम्पन्न भएको स्थानीय चुनावमा ठूलो पराजय भएपनि केन्द्रीय नेताहरुको मधेशप्रतिको सोचमा कुनै परिवर्तन नभएको आरोप लगाउँदै एमालेका पीएम सदस्य समेत रहेका सुरेश गुप्ता एमाले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

वीरगज महानगरपालिका वार्ड नम्बर १२ बाट स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवार सुरेश गुप्तासहित दर्जनौं युवाहरु एमालेका पीएम सदस्य सहित परित्यग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरूलाई पार्टीका मधेश प्रदेशका कोषाध्यक्ष एवम् वीरगन्ज महानगपालिकाका मेयर विजय सरावगी र जिल्ला अध्यक्ष प्रदिप यादवले फुलमाला लगाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष प्रदिप यादवले मधेश आन्दोलनमा एमालेका नेताहरुले दिएको अभिव्यक्ति र मधेशी युवाहरुको छातिमा ताकिताकि गरिएको बुलेट प्रहारको जवाफ बाइलटबाट दिएको बताउँदै आगामी चुनावमा मधेशबाट एमाले झाडु लगाएर बढारिने बताए ।

कार्यक्रममा बोल्दै वीरगन्ज महानगपालीकाका मेयर विजय सरावगीले मधेशको विकास र हकअधिकारको लडाइ दुवै सँगसँगै अगाडि बढ्ने बताउँदै नगरपालिकाको बिकासको गतिलाई जनताले छिटै महसुस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले विगतका नेताहरुले वीरगन्जमा स्थापित गरेको सबै बेथितिहरुलाइ हटाउँदै विकासको गतिलाई अगाढि बढाउन कार्यहरु सुरु भइसकेको बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com