कपिलवस्तुमा नयाँ शक्तिले उम्मेदवार टुंगो लगायो

कपिलवस्तु, २५ असोज । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले कपिलवस्तुमा उम्मेदवार टुंगो लगाएको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

तीन प्रतिनिधि सभा र छ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा पार्टीको छैटौँ जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र रामलौटन तिवारी, क्षेत्र नं २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं ३ मा इलियास मुसलमानलाई सिफारिश गरेको छ ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा मेघनाथ पौडेल र (ख) मा सुरेन्द्र तिवारी, क्षेत्र नं २ को (क) मा सन्तोष पाण्डे, (ख) मा राजेन्द्रमणि पाठक, क्षेत्र नं ३ को (क) मा मसहुद खां नेपाली, (ख) मा देवबहादुर भुसाललाई सिफारिश गरिएको छ ।

त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको हो ।

यता प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारी, क्षेत्र नं २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com