लहानमा बहिरा विद्यार्थीहरुका लागि विद्यालय भवन उद्घाटन

सिरहा, २५ असार । आपूर्तिमन्त्री शिवकुमार मण्डलले बहिरा विद्यार्थीका लागि नवनिर्मित विद्यालय भवनको बुधबार लहानमा उद्घाटन गरेका छन् ।

सिरहा नगरपालिका– ९ स्थित सिरहा बहिरा संघको परिसरमा करिब रु ४० लाखको लागतमा निर्माण भएको नयाँ भवनमा छात्रावाससहितको सुविधा रहेको सिरहा बहिरा संघले जनाएको छ ।

सिरहा बहिरा संघद्वारा २०५४ सालमा स्थापना भएको उक्त बहिरा विद्यालयलाई २०६३ सालमा आएर जिल्ला शिक्षा कार्यालयले अनुमोदन गरेको थियो ।

कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेका छन् । तीमध्ये एकजना जिल्ला शिक्षा कार्यालयबाट प्राप्त दरबन्दीमा छन् भने बाँकी पाँचजना शिक्षक प्राथमिक कान उपचार केन्द्रको आम्दानीबाट तलब खाँदै आएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com