माओवादी केन्द्र र नेकपा संयुक्तबीच एकता

काठमाडौं, २५ असोज । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्तका अध्यक्ष गणेश साहले एकता घोषणा सम्बन्धी पत्रमा हस्ताक्षर गरेका छन् ।

घोषणापत्रमा सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन अपिल गरिएको छ । एकता घोषणा सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीहरुबीच नयाँ एकता र धु्रवीकरणको श्रृंखला सुरु भएको बताए । उनले यो सच्चा कम्युनिष्ट क्रान्तिकारी र श्रमजिवी जनताहरुका लागि खुसीको कुरा भएको पनि दाबी गरे ।

यसैगरी नेकपा संयुक्तका अध्यक्ष साहले यो एकताले सामन्तवाद अन्त्य गर्दै समाजवादको जग बसाल्ने बताए । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई आर्थिक, भौतिक, नैतिक सहयोग गरिदिन पनि उनले सबैलाई अपिल गरे ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नेकपा संयुक्तका तीन जना सांसद छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com