अमेरिकाद्वारा पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो व्यक्त

काठमाडौं, २५ असोज । नेपालका लागि अमेरिकी राजदूत एलिना वि टेप्लिजले भूकम्पपछिको पुनर्निर्माण र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी छन् ।

उद्योग मन्त्री सुनीलबहादुर थापासँग बुधबार भएको भेटघाटमा राजदूत टेप्लिजले नेपालको औद्योगिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उनले नेपालमा जीर्ण अवस्थामा रहेका उद्योग सञ्चालन, भइरहेका उद्योगहरुको स्तरोन्नती र नेपालमा उत्पादित वस्तुहरुको अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन आफूले मद्दत गर्ने प्रतिवद्धता जनाइन् ।

भेटमा राजदूत टेप्लिजले पछिल्लो समयमा देखा परेको नेपालको राजनीतिक अवस्थाबारे पनि चासो व्यक्त गरिन् । उनले पछिल्लो चरणमा बनेका विभिन्न गठबन्धनका कारण नेपालको विकासमा असर पु¥याउँछ पु¥याउँदैन भन्ने जिज्ञासा राखेकी थिइन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com