एमाले र माओवादीको गठबन्धन दीर्घकालसम्म चल्दैन : थापा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन दीर्घकालसम्म नचल्ने दाबी गरेका छन् । उनले दुवै कम्युनिष्ट पार्टीको फरक फरक विचार रहेको जिकिर गरे ।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा थापाले नेपालमा वामपन्थी गठबन्धनपछि एमाले र माओवादीले नेपालमा कम्युनिष्ट शासन लादने कोशिस गरेर एकता गरेको बताउँदै त्यो असम्भव रहेको दावी गरे ।

एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने बताएका हुन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com