‘व्यवसायीहरुको हत्या हुनुले शान्ति सुरक्षामा चुनौती थपिएको छ’

चन्द्रकान्त खनाल, रुपन्देही, २५ असोज । बुटवल उद्योग वाणिज्य संघको ६४औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशन बुधबारदेखि सुरु भएको छ ।

सभा तथा अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरे । त्यसअवसरमा बोल्दै ढकालले निर्माण व्यवसायी महासंघका अध्यक्ष र अन्य व्यवसायीहरुको समेत ठाउँ ठाउँमा हत्या भइरहदा शान्ति सुरक्षामाथि चुनौती थपिएको बताए ।

ढकालले राजनीतिक दलहरुले आर्थिक विकासलाई पहिलो प्राथमिकतामा नराखेसम्म मुलुकको दीगो आर्थिक विकास सम्भव नभएको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिराज सुवेदीले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, जितगढी किल्लाको संरक्षण सहित बुटवलको बिकासका लागि उपमहानगरपालिका उद्योग वाणिज्य संघ संग सहकार्य गर्न तत्पर रहेको बताए ।

उनले बुटवलको हीलपार्कमा नेपालकै ठुलो बुद्धमुर्ति र जीतगढीमा राष्टिय झण्डा राख्न लागेको जानकारी गराए ।

संघका अध्यक्ष महेशमान सिंहको सभापतित्वमा भएको कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान सैजु, निर्मलप्रसाद लाकौल, बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, महासचिव हरी प्रसाद अर्याल लगायतले बोलेका थिए ।

सोही अवसरमा पत्रकार तथा युवा उद्यमीसम्मान गरीएको थियो । अबिधेशन ३ दिन सम्म चल्ने छ भने अबिधेशनले नया नेतृत्व चयान गर्ने छ अध्यक्षमा खिमबहादुर हमाल र कृष्ण कुमार श्रेष्ठ दुई प्यानल चुनावमा उत्रेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com