अवैध काठ बरामद

झापा, २६ असोज । झापा जिल्लाको मेची नगरपालिका १० धुलाबारीबाट असोज २५ गते राति एपीएफ टोलीले करीव चार लाख २० हजार रुपैयाँ बराबरको अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँबाट करीव एक हजार ५० क्यूफिट बराबरको सालको काठ बरामद गरेको हो । विशेष सूचनाको आधारमा खटिएको सो टोलीले धुलाबारी स्थित नुरीशोभा काठ मिलबाट उल्लेखित काठ बारमद गरेको हो । बारमद काठ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com