उम्मेदवारको सुरक्षालाई प्राथमिकता दिन आग्रह

काठमाडौं, २६ असोज । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा अंगका प्रमुखलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरूको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।

चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया गरी उनले उम्मेदवारहरूको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।

आगामी मंसिर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । राजनीतिक दलहरूले २९ गते आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com