चुनावअघि नै कांग्रेससँग एकीकरण गर्ने लोकतान्त्रिक फोरमले

काठमाडौं, २६ असोज । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् ।

फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिए हुन् ।

सोहीअनुसार गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी तालमेल गर्ने भन्ने दुई विकल्पमा पार्टीका नेताहरू आन्तरिक छलफल गरेका हुन् । यसैगरी उनले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि वार्ता गरेका छन् ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले चुनावअघि कांग्रेससँग एकीकरण गर्न आफूले अध्यक्षलाई सल्लाह दिएको बताए । पार्टी एकीकरण वा तालमेल के गर्ने भन्नेबारे पार्टीले शुक्रबारसम्म एउटा निर्णय गर्नेछ ।

फोरम लोकतान्त्रिकभित्रकै केही नेता भने चुनावअघि कांग्रेससँग एकीकरण गर्ने भए आफूहरू गच्छदारसँगै कांग्रेसमा नजाने पक्षमा छन् ।

शिवराम थापा, जितेन्द्र देव, यशोदा लामालगायतका नेता एकीकरणकोे विपक्षमा छन् । रामजनम चौधरी, गीता राना, बाबुराम पोखरेल, सुबोध पोखरेललगायतका नेताहरू भने चुनावअघि नै कांग्रेससँग एकीकरण गर्नुपर्ने पक्षमा छन् । चुनावअघि पार्टी एकीकरण गरेमा पार्टीको बार्गेनिङ पावर बढ्ने उनीहरूको तर्क छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com