कांग्रेससँग चुनावी तालमेल कांग्रेसको उदारतामा निर्भर : यादव

काठमाडौं, २६ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पारेका छन् ।

काठमाडौमा समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादवीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

वाम गठबन्धन बन्ने लागेपछि काँग्रेस आफूहरूसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले भने,‘हामीलाई काँग्रेसले चुनावी गठबन्धनमा सामेल हुनको लागि आग्रह गरेको छ, हामीले त्यसलाई सहर्स स्विकार गरेका छौ, तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल कांग्रेसको कोर्टमा छ ।’

उनले अघि थपे,‘काँग्रेसको उदारता र मिलाएर लैजाने क्षमतामा भरपर्छ, सरकारमा जाने नजाने कुनैपनि निर्णय भएको छैन, हामीले राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेका छौँ, काँग्रेसले राखेको प्रस्तावमाथि गृहकार्य भइरहेको छ ।’

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com