बाबुराम वाम गठबन्धन छाड्ने !

काठमाडौं, २७ असोज । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति एमाले र माओवादी गठबन्धनबाट बाहिरिने ‘मनस्थिति’मा पुगेको छ ।

गोर्खा–२ मा उम्मेदवार बन्नबाटै भट्टराईलाई रोकिरहेको माओवादी र सूर्य चुनाव चिन्ह लिँदा पनि उम्मेदवारमा अंकुश बेहोर्नुपरेपछि नयाँ शक्ति बाहिरिने मनस्थितिमा पुगेको हो ।

नयाँ शक्तिका संयोजक भट्टराईले पार्टी बैठकमै आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने वा उम्मेदवारी नै नदिएर गठबन्धनलाई सहयोग गर्ने विकल्प प्रस्तुत गरेका हुन् ।

भट्टराईले वार्ता जारी रहेको तर माओवादीले जनयुद्धदेखिको हिसाब निकाल्न खोजेको ब्रिफिङ गर्दै सिट बाँडफाँटमा कुरा नमिले गठबन्धनमा रहने÷नरहने सोच्ने बताएका हुन् ।

भट्टराईले बैठकमा यस्तो धारणा राखेपछि नयाँ शक्तिका नेताहरूले नारायकाजी श्रेष्ठ र प्रचण्ड विरुद्ध उम्मेदवारी दिनुपर्ने बताएका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com