मोगादिसु । सोमालियाको मोगादिसुमा शनिबार भएका दुई कार बम विस्फोटनबाट मारिनेहरुको संख्या २७६ पुगेको छ । यो सोमालियाकै सबैभन्दा भयानक हमला बनेको छ ।
सोमालियाको सूचना मन्त्रालयले घटनामा ३ सय व्यक्ति घाइते भएको बताएको छ । मारिनेको संख्या अझै बढ्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । सोमालियाको राष्ट्रपति कार्यालयले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।