छठ : सूर्य दर्शनको पर्व (विचार)

राजकरण महतो


पर्वहरू मनाउने क्रममा दशैं, दिपावली र तिहार पर्वपछि अहिले छठ पर्व मनाइँदै छ । आस्था र सहअस्तित्वको पर्व छठको आज तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ ।
क पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ । त्यसैले पुजारी चाहिँदैन ।
छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले यी धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन् । अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो क्रम सन्ततीमा सर्दै आएको छ । केही छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी व्रतालु सूर्य नमस्कार गर्छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन् ।
छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ । चार दिवसीय छठ ब्रतमा सबै भन्दा कष्ट, कठिनाई, दौडधुप, श्रम—शक्ति र महत्वको हिसाबले कात्तिक शुक्ल षष्ठीको दिनै हुन्छ ।
कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्व हो छठ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ । निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ । छठको धेरै महत्व छन् । छठको महत्वपूर्ण ८ विशेषताहरूको चर्चा गर्न जरूरी छ ।

१) सामाजिक सद्भावको पर्व
छठ समाजिक सद्भावको पर्व पनि हो । हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ । कानुनी रूपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने कायमै छ । तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखिनै भत्काइएको देखिन्छ ।
त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन् । धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन । कुनै जात जाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन्, सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ । तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ । अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछूत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन् । यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ ।

२) एकताको सन्देश प्रवाह गर्ने पर्व
सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाइचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ । तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ । पहाड र राजधानी यति बेला छठमय भएको छ । बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम छ । प्रायःजसो मधेशी परिवारमा गरिमामय स्थानमा भएको महिलाको नेतृत्वमा छठ मनाइन्छ । नारीको महत्व छठले पनि बढाएको छ । बालबालिका र युवायुवतीहरू यस पर्वमा बढी सक्रिय रहन्छन् ।
पुजन प्रक्रियाको सुरूदेखि समापनसम्म सबै जाति, समुदाय र धर्मका मानिसको सहभागी हुने हुनाले यसलाई समानताको पर्व पनि भन्न सकिन्छ ।

३) लोकतान्त्रिक पर्व
लोकतन्त्रमा सबै बराबर हुन्छ भनेझैं छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर आफूलाई सदियौंदेखि चिनाउँदै आएको छ । सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन । उनी बिना कुनै विभेद गरिब र धनी सबैलाई समान रूपले प्रकाश छर्छन ।
सूर्यको प्रकाश बिना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहदैंन । सूर्यको प्रकाश सबैको लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यो घामले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ, त्यसैले सूर्यको व्यहार सबैको लागि बराबर हुन्छ ।
सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिंदैन । सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम छ । भिटामिन‘डी’को मूख्य स्रोत सूर्य नै हुन् ।
जीवजन्तु समस्त वनस्पतिको जीवनरक्षा सूर्यऊर्जाले सम्भव भएको कुरा विज्ञानद्वारा प्रमाणित छ । सूर्यको किरणमा छालाको रोगका साथै मुटु, जोर्नी र टाउकोको व्यथालाई निको पार्ने सामथ्र्य भएको प्राकृतिक चिकित्सा विज्ञानले पुष्टि गरेको छ ।
यसरी महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुख, पारिवारिक सुख, सुस्वास्थय, दिर्घायु आदिको कामना पूर्तिका लागि सूर्यको उपासना गरिन्छ । षष्टी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ ।

४) अहिंसाको पर्व
यस पवले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ । दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी र अहिंसा भावले अनि शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ । ब्रातलुहरू यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन् । यस पर्वमा सबैको जय जयकार गरिन्छ ।

५) आस्था र भक्तिभावको पर्व
छठ पूजाप्रति कामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ । त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ । एकताका तराईको पनि निश्चित भू–भागमा मात्र मनाइने गरिएको छठपर्व २०६३ सालमा पहाडमा अवस्थित राजधानी सहर काठमाण्डौंको ऐतिहासिक रानीपोखरीसम्म पुग्यो ।
त्यसबेलादेखि आजसम्म यो पर्वले काठमाण्डौंसहित अन्य पहाडी क्षेत्र र सहरमा विस्तार अनि सम्मान पाएको छ । भविष्यमा यो पर्वले पहाड र तराई–मधेसबीच भइरहेको सद्भावलाई थप प्रगाढ बनाउनुका साथै सांस्कृतिक पर्यटकीय विकासको सम्भावनालाई बलियो बनाउने विश्वास गर्न सकिन्छ ।

६) गीतमय पर्व
छठको सुरूदेखि अन्त्य सम्म सबै विधि विधान गीतबाटै बुझन सकिन्छ । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ । जसले छठ आएको भान हुन्छ । गीतले छठ आउँदैछ । तयारीमा जुट पनि भन्छन् । अर्थात छठ पर्वप्रति सचेत हुन गीतले सघाउ पु¥याउँछ । छठ गीतमा पूजा विधि, कामना पूर्तिका लागि माताको स्तुति तथा सामाजिक सद्भाव बढाउने उक्ति पाइन्छन् ।
गीत छठ पूजाको अभिन्न अंग हो । यसले छठ पर्वलाई बुझ्न मात्रै होइन आकर्षक र रौनक बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

७ कृषि र कृषकको पहिचानको पर्व
छठ लोकपर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिने भन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ ।
गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ, आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ । प्रकृतिको उत्पादनलाई स्वीकार गरिएको छ । नेपालको कृषि पहिचानलाई छठ पर्वले जगेर्ना गरेको छ । प्रायः सबै पूजा समाग्रीहरू स्थानीय गाउँ घरमै उत्पादित कृषी समाग्री प्रयोग गरेका पाइन्छ ।

८) नारी सशक्तीकरणको अनुष्ठानको पर्व
छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ । सूर्यको उपासनामा कृपालु छठी माईको आशिष बिना अनुष्ठान पूरा हुनै सक्दैन । यो मातृ शक्तिप्रतिको श्रद्धा हो । छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ । छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ ।
 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com