चुनावी दौडमा महन्थ ठाकुर

महोत्तरी, १९ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर अहिले महोत्तरी क्षेत्र क्षेत्र नं. ३ मा चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

उनी महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । आज बिहान जलेश्वरमा रहेका धार्मिक मठ मन्दिरहरुमा दर्शनसमेत गरेका छन् ।

यसैक्रममा अध्यक्ष ठाकुरले मधेश आन्दोलनका शहीद तथा घाइते परिवारहरुसँग पनि भेटघाट गरेका छन् ।

आजै आयोजित एक पत्रकार सम्मेलनमा उनले आफ्नो जन्मभूमिले बोलाएपछि यसपालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताए ।



पत्रकार सम्मेलन उनले मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको जानकारी गराए । उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतदातालाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा राजपा नेपालक वरिष्ठ उपाध्यक्ष तथा महोत्तरी क्षेत्र नम्बर ३ मा प्रदेशसभाको ख वाट विधायकमा उम्मेदवारी दिएकी रानी शर्मा, उपाध्यक्ष वृषेश चन्द्र लाल, डा. विजय सिंह सहितक नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com