डेंगुको प्रकोप नियन्त्रणका लागि सरकार गम्भीर : स्वास्थ्य सचिव

चन्द्रकान्त खनाल, रुपन्देही, २३ कार्तिक । बुटवलमा डेंगुको प्रकोप बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । बढ्दो रुपमा फैलिएको डेंगुको प्रकोप न्यूनीकरण हुन नसकेको बताए । सर्वसाधारणलाई डेंगुबाट बच्न उनीहरुले आग्रह गरेका छन् ।

लुम्बिनी अञ्चल अस्पताल र स्वास्थ्य मन्त्रालयबीच बुधबार बुटवलमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने चिकित्सक तथा स्वास्थ्य कर्मीहरुले अझै केहीदिन डेंगुको प्रकोप रहन सक्ने बताएका छन् ।

सोही अन्तरक्रियामा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीले डेंगुको प्रकोप नियन्त्रणका लागि सरकार गम्भीर रुपले लागेको बताईन् । डेंगु नियन्त्रण र सर्वसाधारणको उपचारका लागि सरकारले आवश्यक सहयोग गर्ने बताईन् । 

बुटवलको अञ्चल अस्पताललाई सहयोग गर्ने प्रतिवद्वता जनाउंदै लुम्बिनी अञ्चल अस्पताल प्रदेशस्तरको अस्पताल हुन सक्ने सचिव रेग्मीको भनाई छ ।

डा रेग्मीले महिला स्वयमसेबिकाको भुमिका महत्वपुर्ण रहेको बताउदै उनीहरुको बारे स्वास्थ्यमन्त्रालयले थप केहि निणर्य गर्ने बताईन । यस क्षेत्रमा फैलीएको डेगुका बिरामीलाई आबश्यक साम्रागीको लागी तत्काल उपलब्ध गराउने समेत डा रेग्मीले बताईन ।

चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले बुटवल क्षेत्रमा महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि पहिलो जनता आफै सचेत हुनुपर्ने र सरकार, सामाजिक संघसंस्थाको सहकार्यमा सचेतना जगाउनु पर्ने बताए ।

सरकारले सातै प्रदेसमा एक प्रतिष्ठान खोल्ने तयारी गरेको बताए । डा श्रेष्ठले चिकित्सकहरुको अभाब भैरहेको बताउदै सरकाले पढाएका चिकित्सक र निजीसंग सहकार्य गरेर अघि बढने बताए । केहि समयको लागी पदपुर्ति हुने अबस्था नरहेको बताए । लुम्बिनी अञ्चल अस्पताललाई ट्रमासेन्टर सम्भब नभएको बताउदै केयरसेन्टर बनाउन सम्भब रहेको बताए ।

अर्को वर्ष डेंगुका विरामीहरु घटाउने गरी डेंगु नियन्त्रण गर्न आग्रह गर्दै गरे । उनले लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्नका लागि प्रक्रिया अघि बढेको जानकारी गराए । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियना चलाईएपनि नियन्त्रणमा कमी आउन नसकेको बताए ।

सर्वसाधारणलाई डेंगुको टोकाईबाट बच्नका लागि पर्चा, पोष्टर, विद्यालय र मिडियाको माध्यामबाट सचेतना फैलाउने काम भैरहेको बताए । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डा. कृष्ण खनालले दशैं यता डेंगुका विरामीहरु ह्वात्तै बढेको बताए ।

अहिले रुपन्देहीमा ४ सय ६१ जना बिरामी भएको बताउदै अस्पतालमा एक बेडमा ३ जना राखेर उपचार भैरहेको बताए । यस बर्ष डेगुबाट २ जनाको मृत्यु भैुकेको बताउदै डा खनालले बाहिर हल्ला भएजस्तो रुपन्देहीबाट बिरामी नगएको बताएका छन ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख डा. रमेश केसीले महानगर भित्रका २४ हजार ९ सय ३६ घरमा पुगेर डेंगुबारे सचेतना जगाउने काम गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले डेंगु नियन्त्रणका लागि लुम्बिनी अञ्चल अस्पातल, जिल्ला जनस्वास्थ्य कार्यालय, चित्किसक तथा स्वास्थ्यर्की र सरोकारवाला निकायसंग नगरपालिका सहकार्य गर्न तयार रहेको बताईन ।

सरकारले लुम्बिनी अञ्चल अस्पातलमा एक विरामी एक वेडको व्यवस्था गर्नुपर्ने बताईन । सोही कार्यक्रममा देवदह मेडिकल कलेजका प्राध्यापक डा. रेशमबहादुर राना, डा. गोविन्द अग्रहरि, डा. डिवी खत्री, मुक्ति पौडेल लगायतले बोलेका थिए । लुम्बिनी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालको अध्यक्षता र सूचना अधिकृत लक्ष्मीराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । गत असोज देखी बुटबलमा डेगुसुरु भएको बताएईएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com