उद्योगपति विनोद चौधरी कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक

काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसले वरिष्ठ उद्योगपति तथा समाजसेवी विनोद चौधरीलाई आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक बनाएको छ ।

पार्टी निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँडले चौधरीलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि गठित सो उपसमितिमा मनोनयन गरेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

केहि साताअघि मात्रै चौधरी कांग्रेसमा प्रवेश गरेका थिए भने कांग्रेसले उनलाई समानुपातिक सूचिमा समेत राखेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com