फोरम–राजपाको बहुमत आएलगतै मधेश सरकार घोषणा गर्छौ : उपेन्द्र यादव

महोत्तरी २५ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा र फोरम नेपालको गठबन्धनले बहुमत ल्याएलगत्तै मधेश सरकार घोषणा गर्ने दाबी गरेका छन् । उनले प्रदेश नं. दुईमा मधेश सरकार घोषणा गर्ने बताएका छन् ।

फोरम नेपाल र राजपाको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिनामै मधेश सरकार गठन गर्ने दाबी गरेका हुन् ।

महोत्तरीको क्षेत्र न. १, रामनगर बिर्तामा शनिबार फोरम नेपाल र राजपाका उम्मेदबारहरुले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यादवले प्रदेश दुईमा आफूहरु भारी बहुमतले विजयी हुने दाबी गरेका छन् ।

वाम गठबन्धन र कांग्रेसको झूठा आश्वाशनमा नपर्न उनले आम मतदातालाई सचेत समेत गराएका छन् । ’कांग्रेस, एमाले र माओवादीले मधेशकै मतले मधेशमाथि अन्याय तथा शोषण गरेका छन् । ‘अधिकार प्राप्तिका लागि मधेशका सचेत हुन जरूरी छ’, अध्यक्ष यादवले भने ।

कार्यक्रममा कांग्रेस, माओवादी र एमाले परित्याग गरी संयौको संख्यामा नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com