स्वतन्त्र उम्मेदवार लाभले गरे घरदैलो अभियान सुरु

महोत्तरी, २७ कार्तिक । महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता प्रवीण कुमार लाभले घरदैलो अभियान सुरु गरेका छन् ।

लाभले आफ्नै जन्मस्थान मडैबाट सोमबारदेखि घरदैलो अभियान सुरु गरेका हुन् । उनी भन्छन्, ‘महोत्तरी क्षेत्र नं. २ लाई नमुना क्षेत्रको रुपमा परिचित गराउँछु ।’

उनले मधेशवादी दललगायत ठूला दलहरुले पनि यहाँका जनताका मत मात्र लिने तर, यहाँका विकासका बारेमा कसैले पनि गम्भीरता नदेखाएकोले आफूले यस क्षेत्रमा सबै किसिमका विकासका कार्यहरु गर्ने प्रतिबद्धता जनाउँदै घरदैलो कार्यक्रम गरिरहेका छन् ।

उनले निर्वाचन आयोगबाट शंख छाप चुनाव चिन्ह पाएका छन् । उनी आफ्ना सयौं समर्थकहरुसँगै घरदैलो कार्यक्रम गरिरहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com