५ हजार एक सय जनाको प्रचार समिति गठन

रुपन्देही, २७ कार्तिक । नेपाली कांगे्रस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठक रुपन्देहीको देवदह–१ बिर्तामा सम्पन्न भएकोे छ । बैठकमा नेपाली कागे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको संयोजकत्वमा पाँच हजार एक सय एक निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

जसको सह–संयोजकमा सीताराम सिंह र सचिवमा वैजनाथ साहनी रहेका छन् । त्यसैगरी नेपाली कांगे्रस जिल्ला सदस्य बासुदेव रिमालको संयोजकत्वमा दुई हजार पाँच सय प्रदेश सभा क तर्फ निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । जसको सह–संयोजकमा विरबहादुर क्षेत्री रहेका छन् ।

बैठकले महेश केसीको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरेको छ । नविन आचार्यको संयोजकत्वमा तरुण परिचालन समिति गठन गरेको छ ।

महासमिति सदस्य पार्वती न्यौपानेको संयोजकत्वमा क्षेत्रीय स्तरमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरी मिना पौडेलको संयोजकत्वमा नगर निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बैठक नेपाली कांगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको सभापतित्व, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही अवसरमा मन्त्री रज्जाकले लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एक हुने बेला आएको बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवंम् क्षेत्र नं १ का प्रदेश सभा उम्मेद्धवार ताहिर अलि, पूर्व राज्यमन्त्री दूर्योधन सिंह चौधरी लगायतले आ–आफ्ना भनाई राखेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com