जिल्लामा अर्वौैं भित्र्यएर किसानको पक्षमा काम गरेको छु : आचार्य

कपिलवस्तु, २७ कार्तिक । प्रचण्ड सरकारमा सिचांइ राज्यमन्त्री हुँदा कपिलवस्तुको सिचांइका लागी अर्बौैं रकम भित्राएको पूर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् ।

६ महिनाको छोटो कार्यकालमा कपिलवस्तुमा अरबौ रकम भित्राइ किसानको पक्षमा काम गरेको उनका योजनाले बताउँछ ।

कपिलवस्तुको विकासको लागी प्रतिनिधी सभाको निर्वाचमा नेपाली काँग्रेसको तफवाट निर्वाचन क्षेत्र नं २ बाट उम्मेद्धारी दिएका आचार्यले समग्र कपिलवस्तु जिलाको सिंचाईको विकास र नदी नियन्त्रणका लागि आफूले जिल्लामा अर्बौैं रकम बढीको योजना ल्याएका एक कार्यक्रममाबीच आचार्यले संचारकर्मीलाई बताए ।

मानपुरमा रहेको सोखनियामा रहेको तालबाट सिंचाईका लागि मझौला कार्यक्रम अन्तर्गत ५ करोडको कार्यक्रम तय भइ काम सुरु भएको र सो योजना निरन्तर चल्ने आचार्यले बताए ।

त्यस्तै, कपिलवस्तु नगरपालिकामा पर्ने दोहनी वाध वाट सिंचाईको लागी १० करोड रकम विनियोजन र कपिलवस्तु नगरपालिकाकै लम्तियन वाँधबाट सिंचाई गर्नको लागी ९ करोडको योजना वनाई काम सूरुवात भएको समेत आर्चायले बताए ।

त्यस्तै शिसवा कजरहवा सिंचाइको लागी कंन्चनिया नधिमा वांध निर्माण गरी सिंचाइको लागी २ करोड ५० लाख विनियोजन भएको र ४० लाख रकम आइसकेकोको र टेण्डर कार्य सूरु भएको समेत उनले बताए ।

त्यस्तै साविक वैदौली गाविसको महसैयामा वाध निर्माण गरि सिंचाइंको लागी १ करोड १० लाख विनियोजन भइ काम सुरु हुन लागेको समेत आर्चायले बताए । उता महांराजगज नगरपालिकाको लठैया वांध निर्माणमा समेत १ करोड बजेट विनियोजन भएको जनाए ।
स्थानीय कृषकहरुको लागी डिप वोरिग जडानको लागी भलवारी, शिसवा, कजरहवा,फक्तेपुर, रनगाई , धनकौली,महाराजगजंमा उक्त वोरिग जडान भैरहेको र प्राविधिकहरु फिल्डमै रहेको संमेत आर्चायले बताए ।
उता नदि नियन्त्रणको लागी गुडरुग खोला, वेल नदी, अगिया नदी, सुरइ नदिमा तटवन्ध निर्माणको लागी ५ करोड बढिका योजना जनता तटवन्ध कार्यक्रम अन्र्तरगत विनियोजन भई काम सुरुवात भैसकेको समेत आर्चँयले बताए ।

त्यस्तै चिरई खोला तटवन्धको लागी समेत १ करोड रकम विनियोजन भएको बताए । त्यस्तै वाणगंगा नदि नियन्त्रणको अनर््रगत कजरहवा, हदौना सिंहोखोरको लागी २ करोड २० लाख विनियोजन भएको समेत आर्चँयले बताए । किसानहरुलाई प्रतक्ष सिंचाईको लागी लिफ्टिग सिचांइ योजनाहरु समेत संचालनमा ल्याएको बताएका छन् ।

जिल्लाको ठुलो सिंचाई आयोजना बृहक्तर वाणगगा सिंचाई आयोजनाको व्यवस्थापनमा थप योगदान दिनको लागी समेत करँैडौ रकम थप भएको आचार्यले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com