प्रदीप यादवलाई शहीद परिवारको आशिर्वाद

वीरगन्ज, २७ कार्तिक । संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो भेटघाट कार्यक्रम मधेशका आन्दोलनका शहीदहरुको सम्झनामा एक स्मृतिसभा गरेर शुभारम्भ गरेको छ ।

फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवको घरदैलो सोमवार बिहान वीरगन्ज वडा नम्बर १८ भवानीपुरबाट सुरु भएको हो ।

गत मधेश आन्दोलनमा वीरगन्जमा राज्यबाट मारिएका शहिदहरुको तस्विरमा फुल अबिर अर्पण गरेर फोरम नेताहरुले घरदैलो सुरु गरेका हुन् ।

अध्यक्ष यादवले मधेशी वीर शहिदहरुको सम्मान गर्दै शहिद परिवारको आशिर्वाद लिएर आफ्नो घरदैलोको शुभारम्भ गरेको बताए ।

अध्यक्ष यादवले मधेशी शहिद धर्मराज सिंहका पिता प्रभु सिंहको हातबाट तिलक लगाएर घरदैलो सुुरु गरे । सहिदका पिता सिंहबाट फोरम–राजपा गठबन्धनको संयुक्त अपिल लोकार्पण गर्न लगाएका हुन् ।

अपिल सार्वजनिक गर्दै शहिद पिता प्रभु सिंहले मशाल चिन्हमा मतदान गरि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयुक्तउ म्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गरे ।

अपिललोकार्पण गर्न अवसरमा फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ को (२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दी, पर्सा क्षेत्र नम्बर १ को (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार जन्नत अन्सारी, जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री करिमा बेगम, युवा नेता निखिल वर्णवाल, कुन्दज सिंह टाइगर, रोहित वर्णवाललगायतको उपस्तिथि रहेको थियो ।

पहिलो दिन नेता यादव र प्रदेश सभा सदस्यका उम्मेदवार अन्सारीले भवानीपुरमा घरदैलो गरेका छन् । फोरमका नेताहरुका अनुसार जनताको ब्यापक आकर्षण रहेको बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com