तलबको माग गर्दै धरना बसेका शिक्षकमाथि प्रहरी दमन

राकेश यादव, रौतहट, २७ कार्तिक । विगत श्रावणदेखिको बाँकी रहेको तलबको भुक्तानीको माग गर्दै जिल्ला प्रसाशन कार्यालय गौर रौतहटको मुख्य गेटमा धरनामा बसेका राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका अन्तर्गत रहेको विद्यालयका शिक्षक शिक्षिकामाथि स्थानीय प्रहरीले दमन गरी कार्यक्रम असफल गरेका छन् ।

तलबको भुक्तानीका लागि पटक पटक स्थानीय निकाय, शिक्षा कार्यालय, स्थानीय तहसँग गुहार गर्दा गर्दै कुनै सुनुवाई नलिएको कारण पूर्वघोषित कार्यक्रमअनुसार विद्यालयका पठन पठन अवरुद्ध गरी कार्यालयका अगाडी धरनामा बसेका स्थानीय शिक्षकहरुलाई प्रहरीले दमन गरी ३० जनालाई निययन्त्रमा लिएपछि कार्यक्रम असफल भएको हो ।

माध्यमिक विद्यालय बसतपुरका प्राध्यानध्यापक प्रभाष ठाकुरले तलब निकाशाको माग गर्दै शान्तिपूर्ण धरनामा बसिरहेको र प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले छलफल गर्नको निमित बोलाएको अवस्थामा प्रहरीले ज्यादती गरी शिक्षक हरुलाई गिरपÞm्तार गरेको आरोप लगाएका छन् ।

दर्जनौंको संख्यामा आएका प्रहरीले महिला शिक्षिकाहरुलाई पनि हातपात गरेको ठाकुरले बताए । लामो समयदेखि तलब नपाउँदा पारिवारिक समस्या उत्पन्न भएको उनको भनाइ रहेको छ ।

पक्राउ परेका शिक्षकहरुलाई केही समयपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com