समन्वय समितिका निर्वाचित प्रमुखले सम्भाले पदभार

राकेश यादव, रौतहट, २७ कार्तिक । जिल्ला समन्वय समिति रौतहटका नवनिर्वाचित प्रमुख राम एकवाल राय यादवले सोमबारदेखि आफ्नो जिम्मेवारी सम्भालेका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको शपथ ग्रहण तथा पदबहाल कार्यक्रम पश्चात् निर्वा्चित प्रमुख ,उपप्रमुखले आफ्नो पदभार सम्भालेका हुन् ।

१५ वर्षदेखि जिल्ला सभापति विभिन्न भएका तत्कालीन जिल्ला विकास समिति कार्यालय हालको परिवर्तित समन्वय समितिले निर्वा्चित प्रमुख उपप्रमुख पाएका छन् ।

जिल्ला मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले निर्वा्चित प्रमुख यादव, उपप्रमुख राम आसिश राय यादवलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए । तत्पश्चात प्रमुखले निर्वाचित सदस्यलाई विधिवत रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

मुख्य निर्वाचन अधिकृत ढकालको सभापतित्वमा भएको कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार यादव निर्वा्चित प्रमुखलाइ जनताको हितमा कानूनको पालना गर्दै काम गर्नलाई सुझाव दिँदै सफल कार्यकालको सफलताका लागि कामना गरेका छन् ।

कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्दै समन्वय समितिका प्रमुख यादवले सबैको सल्लाह सुझावलाई कदर गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com