प्रहरी दमन विरुद्ध शिक्षक संघ संगठनहरुद्वारा विद्यालय बन्दको घोषणा

रौतहट, २७ कार्तिक । तलबको माग गर्दै शान्तिपूर्ण धरनामा बसेका शिक्षकहरुमाथि प्रहरीले गरेको दमनको जिल्लाका विभिन्न शिक्षक संघसंगठनले घोर निन्दा गर्दै माग पूरा नभएसम्म जिल्लाका सम्पूर्ण विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल शिक्षक संघका अध्यक्ष राममंगल यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन का अध्यक्ष मणिशंकर लाल निधि, संघीय शिक्षक फोरम नेपालका कामेश्वर यादव ,नेपाल राष्ट्रिय शिक्षक परिषद्का प्रेम यादव, शिक्षक मंचका ज्यानन्द ठाकुर ,हिस्टान रौतहटका मनोज कुमार निधि संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी आन्दोलनरत शिक्षकहरुको आन्दोलन प्रति समर्थन जनाउँदै विद्यालय बन्दको घोषणा गरेका हुन् ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा मंगलवार देखि जिल्ला शिक्षा कार्यालयमा बिहान १० बजे देखि ४ बजे सम्म शांतिपूर्ण धरना बस्ने कार्यक्रम समेत सार्वजानिक गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com