स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फको वडा नं. ७ मा घरदैलो

बीरगंज, २७ कार्तिक । पर्सा जिल्ला क्षेत्र न.१ को “ख” बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले सोमबार वीरगंज महानगरपालिकाको वडा नं. ७ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेका छन् ।

वीरगंज महानगरपालिकाको वडा नं. ७ रामटोल, गहवा लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्दै प्रदेशसभा सदस्यको लागि मोबाइल छापमा मतदान गर्न आग्रह गरेका थिए ।

राजपाका पूर्व नगर अध्यक्षसमेत रहेका सर्राफ, युवा समाजसेवीहरु पंकज पटेल, नितेश गुप्ता, उपेन्द्र सर्राफ, रोशन मोदी, पन्नालाल पटेल, रिजर्व खालीद, प्रकाश सर्राफ, प्रकाश रौनियार, विष्णु शर्मा लगायतकाले घरदैलो कार्यक्रममा सहभागी हुँदै स्वतन्त्र उम्मेदवार सर्राफलाई मोबाइल चिन्हमा मतदान गर्न सर्वसाधारण मतदाताहरुलाई आग्रह गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com