संघीय फोरमको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, २८ कार्तिक । संघीय समाजवादी फोरम नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले अहिलेसम्म गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब मुलुकको विकासको लागि जनताले आफ्नो पार्टीलाई विश्वास गर्न आग्रह गरे ।

श्रेष्ठले अघि भने,‘यो देशमा ठूलो पार्टीहरुले धेरै गफ दिए, तर विकासको नाममा सिन्को पनि भाँच्न सकेनन्, अब जनताले हाम्रो पार्टीलाई जिताउनुपर्यो, हामी देश र जनताको भलोको लागि काम गर्ने वचनबद्धताका साथ आएका छौं, हाम्रो मुलमन्त्र नै सुशासन र विकास नै हो।’ आफ्नो पार्टीले मुलुकको स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासन व्यवस्था हुनुपर्ने एजेण्डा लिएको समेत उनले जनाए ।

त्यस्तै पहिचानसहितको संघीयता, उर्जा क्षेत्रमा आत्मनिर्भर, कुल ग्राहस्थको ५० प्रतिशत स्थिर पुँजीको रुपमा वृद्धि गर्ने, दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने, प्रतिव्यक्ति आय आगामी पाँच वर्षभित्र दोब्बर बनाएर गरिबी उन्मुलन गर्ने र २५ वर्षभित्र नेपाललाई संसारकै विकासशिल मुलुकको दाँजोमा पुर्याउने लगायतका एजेण्डाहरु पार्टीले लिईएकोबारे उनले जानकारी गराए ।

प्रदेश नम्बर २ को लागि राजपा नेपाल र आफ्नो पार्टीको संयुक्त घोषणापत्र चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com