प्रधानमन्त्री देउवाको पश्चिम क्षेत्रको भ्रमण आजबाट

ललितपुर, २८ कार्तिक । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका छन् ।

संयोजक तथा केन्द्रीय सदस्य खाँणले दिएको जानकारी अनुसार कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्नेछन् । सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन् ।

सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com