फोरम अध्यक्ष उपेन्द्र यादव पत्नीसँगै चुनावी प्रचारमा

सप्तरी, २८ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पत्नीसँगै चुनावी प्रचार प्रसारमा लागेका छन् । राजपा र फोरम नेपाल गठबन्धनका सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

यादव आफ्नी श्रीमती पार्वती यादवसँग चुनावी प्रसार प्रसार गरिरहेका छन् । सप्तरीको महदेवा गाउँपालिका वड़ा न. १, पकरीमा फोरम नेपाल र राजपाले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभामा समेत पार्वती यादव सहभागी भएकी थिइन् ।

उनी संघीय फोरम मोरङकी जिल्ला सल्लाहकार समेत छिन् । उनी निकट स्रोतका अनुसार राजनीतिमा सक्रिय सहभागिता जनाएपनि उनी चर्चामा आउन रुचाउँदिनन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com