कांग्रेस, एमाले र माओवादीलाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा हुँदैन : यादव

सप्तरी, २८ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन विजयी भए लगतै प्रदेश दुईमा मधेश प्रदेश घोषणा गर्ने बताएका छन । चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले जित्ने यादवले दाबी गरेका छन् ।

सप्तरीको आफ्नो निर्वाचन क्षेत्र २, महदेवा गाऊँ पालिका वड़ा न. १ पकरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्सादेखि सप्तरीसम्मको आठ जिल्लालाई समेटेर प्रदेश दुईमा मधेश सरकार निर्माण गर्ने बताएका हुन् ।

कांग्रेस, माओवादी र एमालेलाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा नहुने भन्दै यादवले आन्दोलनमा गोलि बर्साएर दमन गरेका दलहरुलाई भोट नहालेर सबक सिकाउन आह्वान गरे । चुनावी सभामा सयौंको संख्यामा आम जनताको उपस्थिति थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com