कस्मेटिक तथा जुत्ता पसलमा आगलागी हुँदा १० लाखको क्षति

धनुषा, २८ कार्तिक । जनकपुरधामको एक कस्मेटिक तथा जुत्ता पसलमा आगलागी हुँदा १० लाखभन्दा बढीको सामान जलेर नष्ट भएको छ । जनकपुर उपमहानगरपालिका–२ स्थित सोही उपमहानगरपालिका–६ बस्ने अताबुल रहमानको कष्मेटिक, जुत्ता पसलमा सोमबार बिजुली सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट पसल र सामानहरु जलेर करीव १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानियबासी र दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको थियो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com