मधेशी सपूतको शहादत खेर जान दिन्नौं : स्वतन्त्र उम्मेद्वार

महोत्तरी, २८ कार्तिक । महोत्तरीका स्वतन्त्र उम्मेदवारद्वय देवेन्द्र यादव र प्रवीण कुमार लाभले संयुक्तरुपमा चुनावी सभाको आयोजना गर्दै मधेश आन्दोलनमा सहादत दिएका सपूतहरुको सम्मानका विरुद्ध कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।

महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका महासचिवसमेत रहेका यादव र क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लाभले मंगलबार महोत्तरीको रामगोपालपुर(क्षेत्र नं. ४) र बलबा (क्षेत्र नं. २) मा संयुक्तरुपमा चुनावी सभाको आयोजना गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार यादवले सीमांकन लगायत संविधान संशोधनका लागि सहादत दिएका शहीदहरुको सपना पूरा गराउन र मधेशीको हकअधिकार प्राप्तिका लागि संघर्ष गरिरहने बताए ।

यसैगरी, क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार लाभले मधेशीको हक अधिकार, सम्मान र पहिचानका लागि कसैको लोभलालच वा अन्य कुनै किसिमको प्रलोभनमा नलाग्न आग्रह गर्दै विकासका एजेन्डा बोकेका युवापीढिलाई मतदान गर्न आग्रह गरेका थिए ।

उनले विगतमा मधेशीका मत लिएर गएका नेता र पार्टीहरुको कार्य मूल्यांकन गर्दै सही र इमान्दार उम्मेदवारलाई मतदान गर्नुपर्ने जिकिर गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com