तराई मधेश फोरमका पुरै कार्य समितिसहित सयौं नेता कार्यकर्ता राजपामा प्रवेश, कांग्रेस र बाम गठबन्धनमा हलचल

परासी, २८ कार्तिक । नवलपरासीमा तराई–मधेश फोरम पार्टीका सम्पूर्ण कार्य समितिसहित सयौं कार्यकर्ता राजपा नेपालमा प्रवेश गरेका छन् ।

सोमबार नवलपरासीको रामग्राम नगरपालिका–४ बैरहवामा राजपा नेपालको कार्यालय उद्घाटन कार्यक्रममा ती पदाधिकारीसहित सयौं कार्यकर्ताहरु राजपामा प्रवेश गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरुमा जिल्ला अध्यक्ष दिपचन्द कौशल, राजकुमार चौधरी, सहदेव बनिया, दुर्गा देवी चौहान लगायतका सयौं कार्यकर्ता रहेका छन् ।

राजपा नेपाल नवलपरासीले तराई मधेश फोरमका सयौं कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएपछि कांग्रेस र बाम गठबन्धनमा हलचल मचेको छ ।

नवलपरासीको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा र प्रदेश सभामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ती कार्यकर्ताहरु प्रवेश गरेपछि नवलपरासीमा राजपा पहिला भन्दा बलियो भएको छ ।

तराई मधेश फोरमका कार्यकर्ता राजपामा प्रवेशपछि अब आफ्नो सम्पूर्ण उम्मेदवार जित्ने दाबी गरेको छ ।

पार्टी प्रवेश र कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन २ बाट प्रतिनिधि सभाका उम्मेदवार गोविन्द चौधरी, निर्वाचन २ को (क) बाट प्रदेश सभाका उम्मेदवार सत्रजित यादव, (ख) बाट उम्मेदवारी दिएका उद्योगी व्यवसायी युवा नेता नगेन्द्र अग्रहरी, समानुपातिक उम्मेदवार अलाउदिन अन्सारी, सुरेन्द्र पटेल, राधेरमण पाण्डे, माया अग्रहरी लगायतका नव प्रवेशीलाई फुलमाला र अबिर लगाई पार्टी प्रवेश गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com