बागी उम्मेदवार र उसलाई समर्थन गर्नेलाई राजपाले कारबाही गर्ने

राकेश यादव, रौतहट, २९ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका अव्दुल कलम आजाद उर्फ शेख फूलबाबू तथा समर्थनमा खुल्लेयाम प्रचार प्रसार गर्दै गरेका केन्द्रीय सदस्य राजकुमार दास तत्मा ऊपर कार्यवाही गर्ने निर्णय गरेको छ ।

जिल्ला संयोजक शेख जमशैदको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको निर्णयविपरीत बागी उम्मेदवार भएका कलामले आफ्नो बैनरमा राजपा नेपालको बागी उम्मेदवार लेखी प्रचार प्रसार गरिरहेको हुँदा कारबाहीका लागि मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने निर्णय गरेको संयोजक शेख जमशैदद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा केन्द्रीय सदस्य रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा ख बाट बागी उमेदवार शेख फूलबाबूको पक्षमा खुलेयाम प्रचार गर्दै गरेका केन्द्रीय सदस्य दास ऊपर कड़ा कारवाही गर्नका लागि केन्द्रीय कार्यालयमा सिफारिस गर्ने लेखिएको छ ।

पार्टीका साधारण सदस्य समेत नरहेका सुरेन्द्र पटेलले राजपाको जिल्ला सचिव रहेको भनी गलत प्रचार गरिरहेको विज्ञप्ति मार्फत सबैलाई जानकारी गराइएको छ ।

प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरेका दासले टिकटका लागि पार्टी केन्द्रीय कार्यालयसम्म दौडधूप गरेपनि पार्टीले टिकट नदिएपछि पार्टीका घोषित उम्मेदवारलाई हराउने उद्देश्यले फूलबाबूलाई बागी उम्मेदवार बनाएको बुझिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com