विद्युत चुहावट नियन्त्रण टोलीद्वारा विद्युतीय सामान बरामद

राकेश यादव, रौतहट, २९ कार्तिक । नेपाल विद्युत प्राधिकरण रौतहट शाखाको विद्युत चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न गाउँमा छापा मारी १७ वटा विद्युतीय सामान बरामद गरेको छ ।

रौतहटको विभिन्न ठाउँमा व्यापक रुपमा विद्युत चुहावट भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भनी विभिन्न संचारमाध्यमबाट समाचार प्रकाशन/प्रसारण भएलगतै प्राधिकरणका चुहावट टोली स्थानीय राजपुर फरहदवा, रामपुर खाप, घिउरा, मनसरी, जटहरा, लतमरि, बैरिया, फतुवा महेशपुर, बलुवा र गौर नगरको फौरनगुड्समा छापामारी गरेको हो ।

प्राधिकरणका इन्जिनियर राजीव साहको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली हुकिंग गरी विद्युत चुहावट गरीरहेको अवस्थामा पानी तान्ने मोटर १२ थान, स्टेप्लाइजर १ थान, वेल्डिंग मेशिन १ थान, टेप रेकार्डर १ थान, इन्भर्टर १ थान, फ्रीज १ थान र २ गाडी तार बरामद गरेको प्राधिकरण कार्यालय गौरले जनाएको छ ।

बरामद भएको समानहरु कार्यालयमा राखिएको छ । नेपाल विद्युत प्राधिकरणले नियमित रुपमा चेकजाँच नगर्दा रौतहटमा विद्युत चोरी बढेको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com