मधेशी मुक्तिका लागि चुनावलगत्तै मधेश प्रदेश गठन गर्छौं : उपेन्द्र यादव

सप्तरी, २९ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको निर्माणले मधेश मुक्तिको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन् । प्रदेश नं. २ मा मधेश सरकार नबनेसम्म मधेशले मुक्ति नपाउने यादवले बताए ।

सप्तरी निर्वाचन क्षेत्र न. २, स्थित राजविराजको बागेश्वरी मन्दिरको प्रांगणमा बुधबार फोरम नेपाल र राजपाले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै यादवले मधेशी समुदायको मुक्तिका लागि चुनाव लगतै मधेश प्रदेश गठन गर्ने दाबी गरे ।

चुनाव प्रचारमा रहेका यादवले मधेश आन्दोलनले गर्दा देशमा महिला सहभागिता व्यापक ढंगले बढेको बताएका छन् । महिला, दलित, उत्पीडि़त समुदायको प्रतिनिधित्व बढ्नुमा मधेश आन्दोलनको मुख्य श्रेय रहेको उनले बताए ।

‘मधेशले मुलुकलाई धेरै अधिकार दिलाएको छ । संघीयता, गणतन्त्र, समावेशीकरण, प्रतिनिधित्व जस्ता उपलब्धि मधेशकै देन हो’, सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका यादवले भने ।

फोरम अध्यक्ष यादवले चुनावलाई संघर्ष र अवसरको रुपमा लिन पार्टी पंक्ति र आम जनतालाई आह्वान गरेका छन् । उनले भने, ‘हिजोको सड़क आन्दोलन जस्तै आज पनि हामीले चुनावलाई संघर्षकै रुपमा लिएर अघि बढेका छौ ।’
चुनावी सभामा महिलाहरुको उपस्थिति अत्यन्तै उत्साहजनक रहेको थियो । कार्यक्रममा राजपाका महासचिव मनिष सुमन, राजविराजका मेयर शम्भु यादव, उपमेयर साधना झा लगायतले सम्बोधन गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com