दलहरूको मधेश मोह (सम्पादकीय)

झण्डै डेढ वर्षअघि संविधानसभाबाट नयाँ संविधान जारी गर्दा मधेशलाई बेवास्ता गरेको आरोप खेपेका प्रमुख पार्टीहरू अहिले निर्वाचनको संघारमा मधेशको प्रवक्ता जस्तै भएको छ । काठमाडौंको सत्तामा पुग्ने एक मात्र बाटो मधेश भएकाले प्रमुख दलहरू बाध्य भएर मधेशको एजेन्डा बोक्न लागिपरेका छन् । किनभने नेपालको राजनीतिमा मधेशको कुरा नगरेर टिक्नै नसक्ने अवस्था छ । गतवर्ष तराई–मधेशमा संविधानविरूद्ध उठेको आन्दोलनको सबैभन्दा निशानामा थिए एमाले । त्यसयता एमालेले पटक–पटक तराई–मधेश कार्यक्रम आयोजना गरेको छ भने अहिले निर्वाचनको मुखमा आफूमात्र मिधेशको हितैषी भएको दाबी गरिरहेको छ । हुन त मधेशमा उठेको आन्दोलनले सबै प्रमुख पार्टीको स्थितिमा ठूलो धक्का लागेको देखिन्छ ।


एमालेप्रति अहिले पनि मधेशमा निषेधात्मक मनस्थिति देखिन्छ । अन्य पार्टीहरूको हकमा पनि सकारात्मक वातावरण छैन । केन्द्रमा नेताहरूले जे–जस्तो अभिव्यक्ति दिए पनि मधेशमा रहेका प्रायःजसो सबै स्थानीय नेताहरूले कुनै न कुनै रूपमा अन्नतः मधेश आन्दोलनमा सहभागिता जनाका थिए । आन्दोलनसँगै प्रमुख पार्टी एमाले, कांग्रेस र माओवादीमा लागेका मधेशी समुदायका स्थानीय नेताहरू पार्टी परित्याग गरेको समाचारसमेत आयो । मधेशी पार्टीहरूको विरोधका बाबजुद प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी एकमत भएर संविधान जारी गरे । संविधान जारी हुने प्रक्रिया शुरू भएसँगै मधेश आन्दोलित भयोर । नाकाबन्दी हुँदै ६ महिना लामो बन्द हड्ताल भयो । संविधान जारी हुँदाका बखत मधेशी मोर्चाका कुरामा दम्भ नभएको बताएका प्रमुख दलका नेताहरूले आन्दोलनको राप र तापले संविधान कार्यान्वयन गर्नुपूर्व नै संशोधन गरेर मधेशलाई सम्बोधन गर्ने वचनवद्धता जनाएका थिए । तर उनीहरू आफ्नो मिशनमा पूरा नभएपछि मधेशको ‘सेन्टिमेन्ट’लाई आधार बनाएर निर्वाचन जित्ने दाउमा रहेका छन् । पछिल्लो समयमा एमालेसहितका सबै प्रमुख दलहरू मधेशकेन्द्रित हुन लाग्नुका पछाडी पन ‘नाडी छाम्ने दाउ’ लुकेको छ । खासमा प्रमुख दलहरूले संविधान जारी गर्दाकै गल्ती पुनः दोहोरयाइरहेका छन् । त्यसबेला पनि प्रमुख दलहरूले मधेशमा खासै आन्दोलन हुँदैन भनेर ठोकुवा गरेका थिए । र यहि ठोकुवा संविधान संशोधन गर्छु भनेर पनि अहिले गरिरहेका छन् । पछिल्लो स्तानीय तहको निर्वाचनको तथ्यांकको आधारमा कांग्रेस मधेशमा सबैभन्दा ठूलो हैसियत भएको पार्टी हो । मधेशमा माओवादी र मधेशी पार्टीहरूको मत लगभग एकै देखिन्छ । त्यही भएर होला संविधान जारी गर्नेे बेलामा मधेशी पार्टीहरूले विरोध गरेपछि प्रमुख दलले उनीहरूको हैसियतको समेत प्रश्न उठाएका थिए । तर, आन्दोलन चर्किएसँगै प्रमुख दलका नेताहरूको उपस्थिति मधेशमा निषेधात्मक अवस्थामा पुगेको देखियो ।


खासमा मधेशीहरूको आम बुझाइमा अहिले पनि प्रमुख दलहरू मधेशी विरोधी नै हुन् भन्ने देखिन्छ । एमालेप्रति त निषेधात्मक मनस्थिति अझै देखिन्छ भने काँग्रेस र माओवादी केन्द्रको हकमा समेत सकारात्मक वातावरण छैन । काठमाडांैमा बसेर ठूला दलका ठूला नेताहरूले जेसुकै बोलुन तर आम मधेशीहरू संविधानप्रति अपनत्व ठान्दैनन, यसका कारकका रूपमा प्रमुख दलहरूलाई जान्छ । नेपालको भौगौलिक बनोटका कारण मधेश र यहाँका दलहरूको शक्ति प्रर्दशन गर्ने थलो हिजो थियो, आज पनि छ र भोलि पनि रहने छ । यसको लागि यहाँको जनघनत्व र सुगमता कारक हो । जहाँ मतदाता बढी हुन्छन, त्यहाँ दलहरू शक्ति आर्जन गर्न केन्द्रित हुनु स्वभाविक हो । त्यही भएर प्रमुख दलहरूले मधेशलाई केन्द्र बनाएका हुन् । मधेशकेन्द्रित देखिन थालेका प्रमुख पार्टीहरूको मधेशसम्बन्धी धारणा मात्रै होइन कि त्यहाँ छिर्ने दाउ पनि आफ्नै खालको छ । खासगरी पछिल्लो समयमा मधेशमा आन्दोलन चर्केपछि प्रमुख दलहरूप्रति नकारात्मक धारणा मधेशमा एकाएक बढ्यो ।


मधेशमा एमाले र प्रमुख दलहरूका कारण जारी संविधानमा मधेशीलाई अधिकार नदिएको बहस बाक्लै छ । कांग्रेस र माओवादीको हकमा समेत त्यस्तो देखिए पनि एमालेभन्दा कम छ । संविधान जारी भएपछि टुटेको एमाले–कांग्रेस सम्बन्ध र मधेशको ठूलो जनसंख्याको मत यहीबेला आफ्ना दलले तान्नसक्ने दाउमा पनि प्रमुख पार्टीहरूसहित मधेशी पार्टीहरूको पनि देखिन्छ । उता प्रमुख दलविरूद्ध आन्दोलनमा जनमत तयार भएपछि मधेशी पार्टीहरू त्यो जनमत आफूहरूले पाउने विश्वासमा छन् । कांग्रेस थोरै भए पनि आफ्नो साख फर्काउने दाउमा छ भने एमाले त्यहाँ केही गरौँला भन्ने आसमा छ ।

 

प्रकाशित मिति : २०७४ साल मंसिर १ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com