छिमेकीको रूपमा भारत वरदान हो : अरविन्द्र मिश्र

वरिष्ठ पत्रकार तथा विश्लेषक

० वाम गठबन्धनले नेपाल–भारत सम्बन्धमा कस्तो असर गर्छ ?
— वाम गठबन्धनले नेपाल–भारत सम्बन्धलाई कुनै असर गर्दैन । यो गठबन्धन भनेको नेपाली राजनीतिको आन्तारिक कुरा हो । मलाई के लाग्छ भने भारतले पनि यस विषयमा रूची राखेको छैन् । वाम गठबन्धन वस्तुतः राग, द्वेस राखेर बनाइएको हो । यदि त्यस्तो सोच विचार गरेको गठबन्धन हो भने त्यसले देशलाई घाटा पार्छ । यदी सत्ताको लागि गठबन्धन गरेको हो भने ठिकै हो तर सहि तरिकाको गठबन्धन होइन भने भारत र खासगरी मधेशको लागि खतराको घण्टी हो भन्न चाहन्छु ।


० नेपालमा केही परिवर्तन हुँदा भारतकै नाम जोडिने गरिन्छ, यो गठबन्धनले साँच्चै अर्कै किसिमको प्रतिनिधित्व पनि गर्छ ?
— यहाँ आन्तरिक भनाई अर्कै देखिन्छ । कसैले भन्छन, यो गठबन्धनमा भारतको पनि भूमिका छ रे । राजनीतिक कुराहरू आ–आफ्नो ढंगबाट हुन्छ, यसमा मलाई भन्नु केही छैन् । तर यो गठबन्धन गरेर राज्यसत्तालाई आफ्नो हातमा लिएर दुई तिहाई मतबाट संविधान संशोधन गर्ने र देशलाई वामपन्थीमय बनाउने उद्देश्य हो भने यसले देशमा दुर्भाग्य उत्पन्न हुनेछ ।


० विगतमा कम्युनिष्टको सरकार आउँदा नेपाल–भारत सम्बन्धमा कस्तो किसिमको सम्बन्ध रह्यो र अब पनि फेरी कम्युनिष्टकै सरकार आयो भने सम्बन्ध कस्तो हुनेछ ?
— कम्युनिष्टको सरकार आउँदैमा सम्बन्ध राम्रो हुन्छ भन्न सकिदैन । पार्टीमा भन्दा पनि व्यक्तिमा भर पर्ने कुरा हो । साँच्चै देश विखण्डन गर्ने सोच भएकाले नेतृत्व ग¥यो भने असर त अवश्य गर्छ । हाम्रै देशभित्रका मधेशी साथीहरूलाई अराजकत्व भनेर परिभाषित गरेको छ, भारतसँग पनि सम्बन्ध बिगारेकै हो । वाम गठबन्धन बन्नै लाग्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण रद्द गरेकै हुन् । त्यसैले म के भन्न चाहन्छु भने यदि यो कम्युनिष्टको सरकार देश बनाउन कै लागि छ भने भारतको पनि केही आपत्ति छैन् तर भारतलाई सताउने हिसाबले या मधेशी जनतालाई सताउने हिसाबले बनाइएको गठबन्धन हो भने यो टिक्दै टिक्दैन र त्यसबेला देशमा भयावह स्थिति उत्पन्न हुन्छ ।


० भारत र चीनसँग समदूरी राख्नुपर्ने हो । त्यसो गर्दा विगतदेखिको सम्बन्ध कायम रहन सक्छ ?
— समदूरी भनेको बराबर दूरी । त्यो जरूरी छैन । राजनीतिमा फाइदा कताबाट हुन्छ त्यता लाग्ने हो । दुवै तिरको सीमा रक्षा गर्नुपर्ने र एकअर्काको सहयोग गर्नुपर्ने, एक अर्काको सम्बन्ध त्यो बेला राम्रो हुन्छ कि एक अर्काले आतंकवाद, सीमा घुसपैठदेखि विभिन्न किसिमको सुरक्षा दिनु हाम्रो कर्तव्य हो । अर्को कुरा भारत तीन क्षेत्रबाट घेरिएको छ भने चीन एक क्षेत्रबाट । त्यो हिसावले राजनीति ग¥यो भने सम्बन्ध बलियो हुन्छ तर तीन तीरबाट चीनलाई सम्झौता गर्ने र भारतलाई एक क्षेत्रबाट सम्झौता ग¥यो भने सम्बन्ध मजबुत हुन सक्दैन ।


० त्यसो भए समदूरी राख्न सकिदैन भन्नुहुन्छ ? चीनसँग जति सीमाको दूरी छ भारतसँग पनि त्यति नै दूरी राख्ने हो भने नेपालको लागि हितकर हुन्छ ?
— भारतसँग सीमा तीन गुणा बढी छ भने सम्बन्ध पनि तीन गुणा नै बढी राख्नु पछै । चीनसँग एक गुणा सीमा छ भने एक गुणा नै सम्बन्ध राख्नुपर्छ । यदी चीनतीर मात्रै फर्किने हो भने चीन चन्द्रमामा गयो भने नेपाललाई पनि लैजान्छ र ?


० कम्युनिष्ट नेताहरूले चीनसँग जस्तो सम्बन्ध छ भारतसँग पनि त्यस्तै राख्नु प¥यो भन्छन्, के त्यो सम्भव छ ?
— जुन नेताहरूले त्यसो भनेका हुन्छन् त्यही नेता नै जनताभन्दा बढी आश्रित रहेका हुन्छन् । उनीहरू आफ्नो लेनदेनको लागि जे पनि दिन तयार हुन्छन् । त्यति बेला आफ्नो अस्तित्व, स्वाभिमान कहाँ राख्नुपर्ने हो त्यो सोच्दैनन् । भोट माग्ने बेला र मञ्चमा भाषण गर्ने बेला एक अर्काप्रति आरोप लगाउँछन् । कुनै कुरा बिग्रियो भने भारतलाई दोष दिन्छन् । चीनले आफ्नो सिमाना कहाँसम्म ल्याइ पु¥याएको छ, त्यो त्यस विषयमा कहिल्यै विचार गरेन तर कुनै नदीले माटो बगाएर सीमामा लगेर थुपा¥यो भने भारतले घर बनाएर सीमा मिच्न लाग्यो भन्छ ।


० कुनै न कुनै ठूला–साना राजनीतिक घटना हुने बित्तिकै भारतलाई दोष दिने गरिन्छ, यस्तो किन हुन्छ ?
— पहिले भारत सरकारबाट नेताहरूको माग अनुसार हिसाब हुन्थ्यो भने अहिले मोदी सरकारले हिसाबमा टाइट गरेको हुनाले र केही प्रायोजित नेताहरू छन् जसले भारतलाई गाली जति ग¥यो त्यति पुरस्कृत हुने र चीनबाट पनि फाइदा हुने सोचमा बसेका छन् । देशको हक हितमा बोल्ने कुनै नेता आजसम्म मैले देखेको छैन । कसरी आन्तरिक शक्तिलाई कमजोर पार्ने, एक भूगोलकाले अर्को भूगोललाई गाली गर्ने र आफना् स्वार्थअनुसार राष्ट्रियता मजबूत हो भन्न लगाउने प्रवृति देखिएको छ । यसमा नेपालीहरू पनि कमजोर मनस्थितिका छन् भन्ने मलाई लाग्छ ।


० संविधान संशोधनको प्रस्ताव पारित गर्दा पनि यो नेपालीहरूको प्रस्ताव नै होइन भन्ने पनि अभिव्यक्ति आयो, यसलाई कुन रूपमा हेर्नुभयो ?
— संविधान संशोधन छुट्टै विषयको कुरा हो । भन्न त कतिपयले भारतले उचालेको हो पनि भन्छन् । यो संविधान संशोधन भनेको जनताकै हितको लागि गरिने हो ।


० नेपालले छिमेकी मुलुकको रूपमा भारतलाई पाउनु वरदान हो कि अभिशाप हो ?
— नेपालको लागि भारत वरदान र अभिशाप दुवै भन्न चाहन्न म । यो छिमेकी देश हो । प्रजातन्त्रको उदाहरणको विषयलाई कसैले लियो भने भारतकै नाम लिन्छ । त्यसैले हामी भारतसँग मिलेर गयो भने वरदान हुन्छ र उसलाई धपाउने नीतिका साथ गयो भने अभिशाप हुन्छ जस्तो मलाई लाग्छ ।


प्रकाशित मिति : २०७४ साल मंसिर ८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com