समृद्धिको सपना कांग्रेसले मात्र पूरा गर्न सक्छ : अर्बपति उद्योगी विनोद चौधरी

परासी, १८ मंसिर । उद्योगपति विनोद चौधरीलाई यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन दुवै सदनको सदस्यको लागि प्रत्यक्षतर्फका उठेका उम्मेद्वारहरुलाईभन्दा पनि बढी लागेको छ ।

नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सम्हालेदेखि नै कहिले प्रधानमन्त्री शेरबहादुर देउवासंगै नेपाली कांग्रेसको राष्ट्रब्यापी चुनावी प्रचार अभियानमा संलग्न भएका छन् त कहिले नेपाली कांग्रेसकै महामन्त्री सशांक कोइरालाको साथमा जिल्ला जिल्ला पुगेका छन्, कहिले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणको साथमा उनी देखिन्छन् त कहिले आफ्नो उद्योगी र व्यापारी समुदायकाबीच यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र नेपाली कांग्रेसलाई विजयी बनाउनु पर्ने एजेण्डा सहित देखा पर्छन् ।

उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए । उनी नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै उहाँ घरदैलो अभियानमा सहभागी भए ।
निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताए । धेरै स्थानमा पुग्ने चाहना र आवश्यकता दुवै भएपनि समयको पावन्दीले सम्भव नभएको चौधरीले बताए ।

परासीमा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको भन्दै आफ्नो अमूल्य मत दिएर नेपाली कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।

उनले आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com