राजपाद्वारा शहीद परिवारलाई सम्मान

जलेश्वर, १८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय संयोजक महन्थ ठाकुर र वरिष्ठ उपाध्यक्ष रानी शर्मा तिवारीले मधेश आन्दोलनका शहीद परिवारलाई सम्मान गरेका छन् ।

महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ठाकुर र प्रदेशसभा ‘ख’ का उम्मेदवार तिवारीले प्रचार प्रसारको अन्तिम दिन महोत्तरीको बखरीमा घरदैलो कार्यक्रम गर्दै जाँदा शहीद अमित कापरका आमालाई दोसल्ला ओढाई सम्मान गरेका छन् ।

ठाकुरले शहीदको बलिदानी खेर नजानेसमेत बताए । उनले शहीदको सपना साकार पार्नका लागि मधेशी गठबन्धनलाई बहुमतले जिताउनुपर्ने आग्रह गरेका छन् ।

यसअघि पनि राजपा नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै जलेश्वरमा शहीद परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेको थियो ।

चुनाव गठन हुने मधेश सरकारको तर्फबाट सो रकम उपलब्ध गराउने अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com