थापामाथि आक्रमण गरेको आशंकामा ४० पक्राउ

ललितपुर, १८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा काठमाडौ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट ४० जनालाई गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादुर धानुकले बुढानीलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिएका छन् ।

एसएसपी धानुकले अहिले काठमाडौं उपत्यकाको चारैतिर प्रहरीले चेकिड। थालेको बताउदै तीन वटै जिल्लाका मतदानस्थलमा म्यादी, जनपद्, शसस्त्र र बाहिरी घेरामा सेनाको सुरक्षा दिइएको बताए ।

उनले साँझ सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती पनि बढाइएको र शान्ति सुरक्षाको अवस्थामा कुनै कमजोरी हुन नदिइएको पनि बताए ।

उनले सुरक्षाको अवस्था बुझ्न तपाईँ आफै साँझ बाहिर निस्केर हेर्दा थाहा भैहाल्ने बताए । चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका २ चपलीको महादेव कोलोनीमा बम आक्रमण भएको थियो ।

सो आक्रमणमा थापा सहित उहाँका ११ जना सहयोगी घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गंभिर छ । टाउकोमा चोट लागेका थापा उपचारपछि डिस्चार्ज भैसकेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com