रौतहटमा मदिराजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध

राकेश यादव, रौतहट, १९ मंसिर । रौतहट प्रशासनले जिल्लाभरिमा मदिराजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । मंसिर १८ देखि लागू हुने गरी निर्वाचन कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताएका छन् ।

स्थानीय प्रशासनको निर्णय विपरीत मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गरेको पाइएमा कानून बमोजिम कारबाही समेत गरिने थापाले चेतावनी दिएका छन् ।

मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि स्थानीय प्रशासन चुस्त दुरुस्त अवस्थामा रहेको थापाले बताए ।

शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीको साथै नेपाली सेना परिचालन गरिएको जानकारी दिँदै प्रजिअ थापाले गाउँ घरमा कुनै अपरिचित व्यक्ति, बस्तु देखिए तुरुन्त सुरक्षाकर्मीलाइ जानकारी गराउनका लागि सर्वसाधारणसँग अपिल गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com